काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाण्डौ बाहिरका ३ स्थानबाट अन्तर्राष्ट्रिय उडानका लागि टिकट बिक्री गर्ने भएको छ । नेपाल वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने व्यवस्था गर्न लागेको हो ।
यसअघि भने निगमले काठमाण्डौ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट अन्तर्राष्ट्रिय उडानका लागि टिकट बिक्री गर्दै आइरहेको थियो।
आउँदै गरेको दशैं तिहार तथा छठपर्वजस्ता चाडपर्वमा यात्रुहरुको सहजताका लागि भने विराटनगर, पोखरा र नेपालगन्जबाट पनि टिकट बिक्रीको व्यवस्था मिलाउन लागिएको निगमले जनाएको छ ।
यसका लागि सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिइएको छ ।
यात्रुहरूले आफ्नो मोबाइलबाट वा निगमको वेबसाइटबाट अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङको सेवा लिन सक्ने निगमले जनाएको छ ।