शुक्रबार, कार्तिक २७,२०८३ 09:25:37
  • शुक्रबार, कार्तिक २७,२०८३ 09:25:37
Global IME Bank Limited

डिजिटल लुम्बिनी अवधारणाः लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक

Bizshala
डिजिटल लुम्बिनी अवधारणाः लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
New Office

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ुडिजिटल लुम्बिनीु गुरुयोजना सार्वजनिकस लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

काठमाण्डौ । लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र ९क्ष्त् ज्गद० को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रम सम्पन्न भएको छ। क्यान महासंघ लुम्बिनी प्रदेश र रुपन्देही शाखाको आयोजना तथा सीएसआईटी एशोसिएशन अफ नेपाल रुपन्देही च्याप्टरको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, प्राज्ञिक क्षेत्र, उद्योगी र युवा सरोकारवालाहरूले प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीतिगत म्यान्डेटलाई कार्यान्वयन गर्न ऐक्यबद्धता जनाएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका नेतृत्वकर्ता चिरन्जीवी अधिकारीद्वारा तयार पारिएको ‘डिजिटल लुम्बिी’ नामक अवधारणा पत्र कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। उक्त गुरुयोजनाले काठमाण्डौ–(बुटवल डिजिटल कोरिडोर र बुटवल–दाङ–नेपालगन्ज लिंकलाई जोड्ने ‘द्वि–इन्जिन रणनीति’ अघि सारेको छ। यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), पेपरलेस सुशासन, डिजिटल स्वास्थ्य, स्मार्ट शिक्षा, र स्वचालित यातायातलाई प्रमुख स्तम्भ मानेको छ।

कलेज र क्यान महासंघको ऐक्यबद्धता

कार्यक्रममा स्वागत मन्तव्य राख्दै लुम्बिनी सिटी कलेजका कार्यवाहक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले आईटी लिडर चिरन्जीवी अधिकारीद्वारा विकसित डिजिटल लुम्बिनी अवधारणा यस क्षेत्रको विकासका लागि कोशेढुङ्गा सावित हुने बताए। कलेजले यस दूरदर्शी योजनाको पूर्ण प्रशंसा र स्वागत गरेको उनको भनाइ थियो।

कार्यक्रमको सभापतित्व गरेका क्यान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नारायण खनालले यस्तो नवीन पहल क्यान महासंघका लागि गौरवको क्षण भएको उल्लेख गरे। कार्यवाहक अध्यक्ष अधिकारीद्वारा अघि सारिएको यस अवधारणालाई प्रदेश तहमा पूर्ण रूपमा कार्यान्वयन गर्न क्यान महासंघ प्रतिबद्ध रहेको खनालले दृढता व्यक्त गरे।

Garima Development Bank
Bizshala
IME remit

युवा सशक्तिकरण, राष्ट्रिय सफ्टवेयर र ब्रेन ड्रेनको अन्त्य

परामर्श बैठकमा बोल्दै सीएसआईटी एशोसिएशन रुपन्देहीका अध्यक्ष कल्पित नेपालले स्थानीय स्तरमै आईटी प्रोजेक्टहरूको फन्डिङ र सीप विकास हुनुपर्नेमा जोड दिए। उनले विश्वविद्यालय र कलेजहरूमा उद्योग–अनुकूल पाठ्यक्रम डिजाइन गरिनुपर्ने माग गरे। यस्तै, क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले सूचना प्रविधिको माध्यमबाट युवा सशक्तिकरण र समग्र राष्ट्रिय विकासमा जोड दिए ।

लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाले युवा जनशक्ति पलायन रोक्न ठोस योजना अघि सारे । उनले भने, ‘हामीले प्रगतिशील स्टार्टअप कानूनहरू ल्याएर नीतिगत खाडलहरूलाई पुर्नुपर्छ। स्थानीय स्तरमै प्रविधि हबहरू निर्माण गर्ने, बीउ पूँजी उपलब्ध गराउने र ‘मेड इन नेपाल’ सफ्टवेयर इकोसिस्टमलाई प्रवर्द्धन गरेर मात्र नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्न र प्रतिभा पलायन रोक्न सकिन्छ।’

डिजिटल लुम्बिनीका प्रमुख रणनीतिहरूः

–सार्वजनिक(निजी साझेदारी सरकारी, निजी, प्राज्ञिक र दातृ निकायको सयुंक्त सहकार्य।

–न्यूनतम साइबर सुरक्षा ढाँचाः प्रदेशका संवेदनशील पूर्वाधार, डिजिटल क्याबिनेट र जनस्वास्थ्य डेटा सुरक्षित गर्न सशक्त साइबर सुरक्षा मापदण्ड।

–स्मार्ट पर्यटनः बुद्ध जन्मस्थल लुम्बिनीका पर्यटकीय स्थलहरू (मायादेवी मन्दिर, अशोक स्तम्भ आदि) मा क्यूआर कोड, एआर÷भीआर र बहुभाषिक गाइड जडान गर्ने।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.