आईतवार, असार १४,२०८३ 04:51:23
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:51:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धान दिवसमा दही–चिउरा प्रवर्द्धन अभियान : ७५ लाख लिटर दही खपत हुने अनुमान

Laxmi Sunrise Bank Limited
धान दिवसमा दही–चिउरा प्रवर्द्धन अभियान : ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाण्डौ । राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनले देशभर दही–चिउरा उपभोग तथा प्रवर्द्धन अभियानलाई तीव्र बनाएको छ।

यस अवसरमा करिब ७५ लाख लिटर दही खपत हुने र करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति र ग्रामीण जीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गर्दै धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार रहेको बताए।  

उनका अनुसार रोपाइँसँगै दही–चिउरा खाने परम्पराले सामाजिक एकता र मौलिक संस्कृतिलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

सरकारको ‘जनमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारालाई आधार बनाउँदै सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्यमा दही–चिउरा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको एसोसिएसनले जनाएको छ।  

दाहालका अनुसार दुग्ध क्षेत्र लाखौँ किसान परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएकाले यसको विकास राष्ट्रिय अर्थतन्त्र र पोषण सुरक्षाका लागि महत्वपूर्ण छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले असार १५ को दही–चिउरा परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई श्रमको सम्मान, स्थानीय उत्पादनको प्रवर्द्धन र सामाजिक सद्भावको जीवन्त उदाहरण भएको बताए।

दाहालका अनुसार पछिल्ला वर्षमा यस्ता परम्परागत अभ्यासहरू केही कमजोर हुँदै गएपनि यस्ता अभियानमार्फत मौलिक संस्कृति र कृषि परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ।

उनले दही तथा दुग्धजन्य पदार्थ स्वास्थ्य र पोषणका दृष्टिले उपयोगी रहेको उल्लेख गर्दै यसको खपत बढ्दा किसान, दुग्ध उद्योग र ग्रामीण अर्थतन्त्र प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.