शुक्रबार, कार्तिक २७,२०८३ 09:25:33
  • शुक्रबार, कार्तिक २७,२०८३ 09:25:33
Global IME Bank Limited

SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि फेला, अनुगमन तीव्र

Bizshala
SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि फेला, अनुगमन तीव्र
New Office

SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो। 

औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क बालाजु क्षेत्रमा १४ वटा र बनेपामा ८ वटा गरी जम्मा ६६ वटा फार्मेसीको निरीक्षण गरिएको छ। 

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट SEROFLO ROTACAPS 250 नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री वितरण गरिरहेका तथा सरसफाइ र मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौंमा उपस्थित हुन निर्देशन दिइएको छ। 

विभागका अनुसार बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ। यसबाट सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि प्राप्त गर्न सहज हुने तथा अवैध औषधि कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

Garima Development Bank
Bizshala
IME remit

नक्कली औषधि बजारमा बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएपछि माननीय मन्त्री निशा मेहता कडा रूपमा प्रस्तुत हुनुभएको छ। विभागले उक्त नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया समेत अघि बढाएको जनाएको छ। 

साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न र कुनै शंका लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.