काठमाण्डौ । सुक्खा पहिरो खस्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खसेसँगै उक्त सडकखसण्डको दुईतर्फी आवगमन बन्द भएको हो ।
हाल सडक आवागमन सञ्चालनमा ल्याउनको लागि तैनाथ अवस्थामा रहेको दुईवटा मेसिनद्वारा दुवैतर्फबाट पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।