अवरुद्ध काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा
काठमाण्डौ। आइतबार बिहान केही समय अवरुद्ध भएको काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै पोखरा तथा काठमाडौं जाने र ती स्थानबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाएको थियो।

