सोमबार, श्रावण १८,२०८३ 03:50:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:50:28
Bizshala
Global IME Bank Limited

मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो, यातायात अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो, यातायात अवरुद्ध
New Office

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै सोमबार दिउँसो पहिरो खसेपछि सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो। दिउँसो २ः१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो हटाउन तत्काल एउटा उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ।

पहिरो पन्छाउने कार्यलाई तीव्र बनाउन थप दुई वटा उपकरण समेत घटनास्थलतर्फ पठाइएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। प्रारम्भिक अनुमानअनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने बताइएको छ।

यसअघि सोमबार बिहान पनि सोही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको थियो। पहिरो हटाएपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो भने पछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको थियो।

तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ। लगातार पहिरो खस्ने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.