शुक्रबार, कार्तिक २७,२०८३ 08:51:33
  • शुक्रबार, कार्तिक २७,२०८३ 08:51:33
Global IME Bank Limited

बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन

Bizshala
बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन
New Office

काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी ९ बुँदे निर्देशन दिएकी छन् ।

बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालय पुगेकी मन्त्री बादीले बालबालिकाको संरक्षण, बाल अधिकार प्रवर्द्धन तथा संस्थागत सुधारका विषयमा परिषद्लाई आवश्यक निर्देशन दिएकी हुन् ।

पूर्वसूचना बिना मन्त्री कार्यालयमा पुग्नुभएपछि परिषद्का कर्मचारी आश्चर्यमा परेका थिए। पछिल्लो समय जोखिममा रहेका बालगृहबाट बालबालिकाको उद्धार तथा व्यवस्थापनका विषयमा परिषद्को कार्यसम्पादनप्रति मन्त्री बादीले असन्तुष्टि व्यक्त गर्दै कर्मचारीलाई निर्देशन दिँदै भनिन्, ‘बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेका छन्। यो अवस्थाबाट अब हामीले हाम्रा बालबालिकालाई जोगाउनुपर्छ। अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति प्रदान नगर्नुहोस्।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मन्त्री बादीले परिषद्मा कार्यरत सम्पूर्ण कर्मचारीको कार्यविवरण ९त्इच्० तथा सम्झौता भए सोसमेत संलग्न गरी आफूले पदभार ग्रहण गर्नुभएको दिनदेखि असार १८ गतेसम्म सम्पादन गरिएका कार्यहरूको विवरण ७ दिनभित्र मन्त्रीसमक्ष पेस गर्न निर्देशन दिइन् ।

त्यसैगरी, नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिई बाल संरक्षण तथा बाल अधिकार प्रवर्द्धनका लागि द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट परिषद्को स्थापना कालदेखि हालसम्म प्राप्त सहायता तथा सञ्चालन भएका कार्यक्रमहरूको पूर्ण विवरण ५ दिनभित्र मन्त्रीसमक्ष पेस गर्न पनि निर्देशन दिइन् ।

परिषद्मा हाल विभिन्न उपसमिति क्रियाशील छन्। लामो समयदेखि ती उपसमितिको औचित्यमाथि प्रश्न उठ्दै आएको सन्दर्भमा मन्त्री बादीले परिषद् तथा त्यसअन्तर्गतका सबै उपसमितिका हालसम्मका बैठकका माइन्युट ३ दिनभित्र मन्त्रीसमक्ष पेस गर्न निर्देशन दिइन् ।

Garima Development Bank
Bizshala
IME remit

उच्च जोखिममा रहेका बालगृहहरूको तत्काल अनुगमन सुरु गरी आवश्यक सुधारका लागि कार्ययोजना तत्काल पेस गर्न पनि मन्त्री बादीले निर्देशन दिइन् ।

९ बुँदे निर्देशनअन्तर्गत चालु आर्थिक वर्षमा परिषद्लाई प्राप्त निवेदन तथा उजुरीको सङ्ख्या, तिनको फर्छ्यौटको अवस्था तथा फर्छ्यौट हुन बाँकी रहेका निवेदन तथा उजुरीको कारणसमेत खुल्ने विवरण ५ दिनभित्र मन्त्रीसमक्ष पेस गर्न निर्देशन दिइन् ।

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९ बमोजिम स्थापना भएको निकाय हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.