बिहीबार, श्रावण १४,२०८३ 05:28:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 05:28:24
Bizshala
Global IME Bank Limited

विदेशी विद्यार्थीका लागि कठोर बन्दै अष्ट्रेलिया, ३५ वर्ष उमेर कटेकाले टीआरका लागि आवेदन दिन नपाउने

विदेशी विद्यार्थीका लागि कठोर बन्दै अष्ट्रेलिया, ३५ वर्ष उमेर कटेकाले टीआरका लागि आवेदन दिन नपाउने
New Office

काठमाण्डौ । अस्ट्रेलियामा विदेशी विद्यार्थीका लागि थप कडाई गर्दै नयाँ व्यवस्था गरेको छ । अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिने उमेर हद र समयावधिमा ठूलो परिवर्तन गरेको छ ।  

नयाँ व्यवस्थाअनुसार अब अष्ट्रेलियामा अध्ययन सकेका ३५ वर्ष उमेर कटेका विदेशी विद्यार्थीले टीआर भिसाका लागि आवेदन दिन नपाउने भएका छन् । यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउने व्यवस्था थियो ।  

यस्तै स्नातकोत्तर पढेका विद्यार्थीको टीआर समेत घटाइएको छ । यसअघि विद्यार्थीले ३ वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर २ वर्षमा झारिएको छ ।  यो नयाँ व्यवस्था  आगामी जुलाई १ देखि लागू हुनेछ ।

नयाँ व्यवस्था अनुसार विद्यार्थीले अस्थायी आवास अनुमतिका लागि आफूले पढेको विषय वा हासिल गरेको सीप अस्ट्रेलियाको मध्यम र रणनीतिक सीपको सूचीमा सूचीकृत भएको हुनुपर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.