शुक्रबार, असार २६,२०८३ 09:53:02
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 09:53:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीपी राजमार्गमा वर्षायाम लक्षित तयारीः अवरुद्ध भए आधा घण्टाभित्र सञ्चालन गर्ने व्यवस्था

Laxmi Sunrise Bank Limited
बीपी राजमार्गमा वर्षायाम लक्षित तयारीः अवरुद्ध भए आधा घण्टाभित्र सञ्चालन गर्ने व्यवस्था

काठमाण्डौ। पटक–पटकको बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा वर्षायामका बेला सडक अवरुद्ध भए आधा घण्टाभित्र पुनः सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ र केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ।

वर्षायामलाई लक्षित गर्दै आवश्यक जनशक्ति, उपकरण तथा मेसिनरी तयारी अवस्थामा राखिएको छ। विपद्का कारण सडक अवरुद्ध भए पनि सकेसम्म छोटो समयमै यातायात सञ्चालन गर्ने लक्ष्यका साथ पूर्वतयारी पूरा गरिएको जनाइएको छ ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो दूरीको बीपी राजमार्गमा विगतमा वर्षा हुनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको थियो। विशेषगरी रोशी खोलामा निर्माण गरिएका अस्थायी डाइभर्सन बाढीले बगाउँदा यातायात सेवा प्रभावित हुँदै आएको थियो। अहिले भने अधिकांश स्थानमा साविककै ट्र्याक पुनर्निर्माण गरिएकाले आवागमन सहज बन्दै गएको कार्यालयले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। कार्यालयले चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ। ती स्थानमा ग्राभेल बिछ्याउने, ठूला ढुङ्गा राख्ने लगायतका संरक्षणका काम सम्पन्न गरिएको छ।

विसं २०८१ असोजको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि यातायात सञ्चालनका लागि बनाइएका अस्थायी डाइभर्सनहरू पनि पटक–पटक बाढीले बगाउँदा यात्रुहरूले सास्ती भोग्नुपरेको थियो।

क्षतिग्रस्त सडकको पुनर्निर्माण चार प्याकेजमा अघि बढाइएको छ। तीमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकखण्डको निर्माण कार्य जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा भइरहेको छ। उक्त खण्डमा माटो भराइ, बोल्डर राख्ने तथा स्थायी संरचना निर्माणको काम जारी रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पुनर्निर्माण सम्पन्न भएपछि सम्पूर्ण सडक दुई लेनको हुनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै नयाँ पुल निर्माण गरिने योजना रहेको छ भने पाँचवटा पुललाई दुई लेनमा विस्तार गरिनेछ। कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये ३.२ किलोमिटर सडक पुनर्निर्माणका लागि जाइकार्फत करिब रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबास (१६० किलोमिटर) बीपी राजमार्ग नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाण्डौसँग जोड्ने रणनीतिक सडकका रूपमा परिचित छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.