सोमबार, श्रावण १८,२०८३ 06:07:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:07:39
Bizshala
Global IME Bank Limited

न्याय माग्दै जनकपुरबाट काठमाडौं पैदल मार्चमा मिटरब्याज पीडित

न्याय माग्दै जनकपुरबाट काठमाडौं पैदल मार्चमा मिटरब्याज पीडित
New Office

 

काठमाण्डौ । मिटरब्याजपीडितहरू जनकपुरबाट काठमाडौंसम्मको पैदल ‘न्याय मार्च’मा निस्किएका छन्। बिहीबार जनकपुरबाट हिँडेको टोली दोस्रो दिन शुक्रबार बिहान धनुषाको ढल्केबर पुगेको छ।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको मार्च संघीय राजधानी काठमाडौं पुगेर टुंगिने जनाइएको छ।

सरकारलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिन पीडितहरू मधेश प्रदेशको राजधानी जनकपुरबाट काठमाडौंसम्म पैदल हिँडेका हुन्। उनीहरूले बिहीबार जनकपुरधामको तिरहुतियागाछीमा कार्यक्रम आयोजना गरी साँझ ५ बजे यात्रा सुरु गरेका थिए।

 

शुक्रबार टोली धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अघि बढेको छ। करिब एक सातामा काठमाडौं पुग्ने उनीहरूको योजना छ।

सरकारसँग यसअघि चार पटक सहमति भए पनि कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रिनुपरेको पीडितहरूको भनाइ छ। उनीहरूले मिटरब्याजसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न र विगतका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.