शुक्रबार, असार २६,२०८३ 04:39:54
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:39:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाद्वारा शत्रुको स्याटेलाइट जाम गर्नसक्ने विद्युतीय हतियार तयार

Laxmi Sunrise Bank Limited
अमेरिकाद्वारा शत्रुको स्याटेलाइट जाम गर्नसक्ने विद्युतीय हतियार तयार

काठमाण्डौ । अमेरिकाले अन्तरिक्ष क्षेत्रमा आफ्नो सैन्य क्षमता विस्तार गर्दै शत्रु उपग्रहको सञ्चार प्रणाली अवरुद्ध गर्न सक्ने नयाँ विद्युतीय युद्ध प्रणाली विकास गरेको छ। अमेरिकी अन्तरिक्ष बलले ‘मियडोल्याण्ड’ नामक यो प्रणालीलाई अन्तरिक्ष युद्धका लागि महत्वपूर्ण उपकरणका रूपमा अघि सारेको छ।

यो हतियारले उपग्रहलाई भौतिक रूपमा नष्ट गर्दैन, तर शक्तिशाली विद्युत्चुम्बकीय तरंग प्रयोग गरी रेडियो सञ्चार संकेतलाई अवरुद्ध गर्न सक्छ। यसका कारण शत्रु उपग्रहले जमिनमा रहेका सैन्य निकायसँग सूचना आदान–प्रदान गर्न कठिनाइ भोग्न सक्छन्। अमेरिकी अन्तरिक्ष बलका अनुसार यसले सेनालाई ‘स्पेक्ट्रम प्रभुत्व’ कायम गर्न सहयोग गर्नेछ।

एलथ्री ह्यारिस कम्पनीले विकास गरेको मिडयोल्याण्ड प्रणाली चलायमान प्लेटफर्ममा आधारित छ। उपलब्ध विवरणअनुसार यसमा ठूलो एन्टेना डिशसहितको उपकरण हुन्छ, जसलाई ट्रेलरमा जडान गरेर जमिनबाट सञ्चालन गर्न सकिन्छ वा आवश्यक परे ठूलो कार्गो विमानमार्फत अन्य स्थानमा पुर्याउन सकिन्छ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकी अन्तरिक्ष बलले आर्थिक वर्ष २०२७ का लागि मियडोल्याण् प्रणालीको विकास, सञ्चालन सहयोग र तालिमका लागि करिब ४६ करोड अमेरिकी डलर बजेट प्रस्ताव गरेको बताइएको छ।

अमेरिकाले पछिल्ला वर्षहरूमा अन्तरिक्षलाई आधुनिक युद्धको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्दै आएको छ। अमेरिकी अधिकारीहरूले उपग्रह सञ्चार, निगरानी र सूचना प्रणालीलाई सुरक्षित राख्नु तथा आवश्यक पर्दा प्रतिद्वन्द्वीको क्षमतालाई कमजोर बनाउनु सैन्य रणनीतिको हिस्सा भएको बताएका छन्।

अमेरिकी अन्तरिक्ष बलका अधिकारी कर्नेल एन्जेलो फर्नान्डेजले विद्युतीय युद्ध प्रणाली, सफ्टवेयर र उन्नत तालिममा निरन्तर लगानी आधुनिक युद्धका लागि आवश्यक रहेको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मियडोल्याण्ड जस्ता प्रणालीलाई ‘नन काईनेटिक’ हतियार भनिन्छ, जसले विस्फोट वा प्रत्यक्ष आक्रमण नगरी इलेक्ट्रोनिक माध्यमबाट शत्रुको क्षमता प्रभावित गर्छ। यसले उपग्रहको सञ्चार लिंकलाई अवरुद्ध, कमजोर वा अस्थायी रूपमा निष्क्रिय बनाउन सक्छ।

विशेषज्ञहरूका अनुसार आधुनिक युद्धमा उपग्रह सञ्चार अत्यन्त महत्वपूर्ण भएकाले यस्ता प्रविधिले भविष्यका सैन्य प्रतिस्पर्धामा ठूलो भूमिका खेल्न सक्छन्। अन्तरिक्षमा बढ्दो सैन्य गतिविधिका कारण अमेरिका मात्र होइन, विश्वका अन्य प्रमुख शक्तिहरूले पनि अन्तरिक्ष सुरक्षामा आफ्नो क्षमता विस्तार गरिरहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.