शुक्रबार, असार २६,२०८३ 07:43:10
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:43:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैदेशिक रोजगार विभागमा आज एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो समाधान

Laxmi Sunrise Bank Limited
वैदेशिक रोजगार विभागमा आज  एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो समाधान

काठमाण्डौ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान र नियमन कार्यलाई तीव्रता दिएको जनाएको छ ।  

विभागको मुद्दा तथा अनुसन्धान शाखा, संस्था अनुगमन शाखा र दर्ता शाखाले गरेका विभिन्न कार्यहरूको विवरण प्राप्त भएको छ । विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार आज दिउँसो ४ बजेसम्म २२ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।

सोही अवधिमा १४ वटा मुद्दामा मिलापत्र गरिएको छ भने ८ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ । विभागले १८ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने ३५ जनालाई पक्राउ गर्न अनुमति दिएको छ  ।  यसका साथै, बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्र लगायत कुल १२६ वटा पत्रहरू चलानी गरिएको विवरणमा उल्लेख छ ।

New Office
CG Motors
Garima Development Bank

संस्था अनुगमन शाखाले आज २ वटा राहदानी वितरण गरेको छ र २ वटा म्यानपावर कम्पनीलाई पत्राचार गरेको छ । प्राप्त ६ वटा उजुरी निवेदनमध्ये ५ वटाको समाधान फोन कलमार्फत गरिएको छ । यस्तै, संस्था दर्ता शाखाले ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) र २२ वटा म्यानपावर कम्पनीको नवीकरण गरेको छ  ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गुनासो व्यवस्थापन हेलो सरकार र कल सेन्टरमार्फत प्राप्त गुनासोहरूलाई पनि विभागले प्राथमिकतामा राखेको देखिन्छ । हेलो सरकारबाट प्राप्त २ वटा गुनासोमध्ये १ वटाको समाधान भएको छ भने अर्को अध्ययनको क्रममा रहेको छ । कल सेन्टरमा प्राप्त ५१ वटा गुनासोमध्ये ५० वटाको समाधान भइसकेको र १ वटा प्रक्रियामा रहेको विभागले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.