आईतवार, असार २८,२०८३ 07:00:50
Bizshala
  • आईतवार, असार २८,२०८३ 07:00:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नगर प्रहरी सडकबाट हटेपछि न्यूरोडमा फर्कियो पुरानै बेथिति, पार्किङदेखि फुटपाथ व्यापारसम्म

Laxmi Sunrise Bank Limited
नगर प्रहरी सडकबाट हटेपछि न्यूरोडमा फर्कियो पुरानै बेथिति, पार्किङदेखि फुटपाथ व्यापारसम्म

 

 काठमाण्डौ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी सडकमा परिचालन हुन छाडेपछि न्यूरोड क्षेत्रमा फेरि जथाभाबी पार्किङ, फुटपाथ अतिक्रमण र सवारी जामको समस्या देखिन थालेको छ।

आइतबार न्यूरोडका मुख्य तथा भित्री सडकको दृश्य केही दिनअघिको भन्दा फरक देखिन्थ्यो। सडक किनारमा मोटरसाइकल तथा अन्य सवारी साधन अव्यवस्थित रूपमा पार्किङ गरिएका थिए भने केही स्थानमा फुटपाथमै व्यापार सञ्चालन भइरहेको थियो।

मुख्य सडकको छेउमै सवारी रोकेर चालकहरू बसिरहेका देखिन्थे। फुटपाथमा पसलका सामग्री राखिँदा पैदलयात्री सडकबाटै हिँड्न बाध्य भएका थिए। यसका कारण न्यूरोड क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको छ।

 

 

New Office
CG Motors
Garima Development Bank

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीसँग सम्बन्धित दुःखद घटना भएपछि महानगरका नगर प्रहरी फिल्डमा देखिएका छैनन्। घटनामा नगर प्रहरीले नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि विवाद भएको थियो।

घटनापछि नगर प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ भने उनीहरूको सुरक्षाको विषयसमेत बहसमा आएको छ। यही परिस्थितिका कारण नगर प्रहरी नियमित रूपमा सडकमा परिचालन नभएको बताइएको छ।

गृहमन्त्री सुधन गुरुङले संसदमा उक्त घटनामा संघीय निकायभन्दा स्थानीय सरकारको भूमिका जोडिएको बताएका थिए। मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले ह्विल लक लगाएको उल्लेख गर्दै उनले घटनाको जिम्मेवारी संघीय सरकारमाथि नथोपर्न आग्रह गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नगर प्रहरीको उपस्थिति कमजोर भएसँगै न्यूरोडमा यसअघि नियन्त्रणमा आएको अव्यवस्थित पार्किङ र फुटपाथ व्यापार पुनः बढ्न थालेको हो। महानगरले सडक पार्किङ हटाएपछि केही समय न्यूरोडको आवागमन व्यवस्थित देखिएको थियो।

आइतबार महानगर प्रहरीको सट्टा नेपाल प्रहरीको टोली भने न्यूरोड क्षेत्रमा परिचालित देखिएको छ। प्रहरीले फुटपाथमा राखिएका व्यापारिक सामग्री हटाउँदै पैदलयात्रीका लागि बाटो खुला गराउने प्रयास गरेको थियो।

तर महानगरको नियमित अनुगमन र पार्किङ व्यवस्थापन प्रभावकारी नभए न्यूरोड फेरि पुरानै अस्तव्यस्त अवस्थामा फर्किने जोखिम बढेको स्थानीय व्यवसायी तथा सर्वसाधारणको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.