सोमबार, असार २९,२०८३ 02:57:39
Bizshala
  • सोमबार, असार २९,२०८३ 02:57:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रासरुट फुटबलमा हुन्डाई नेपालको लगानी, ‘नेक्स्ट जेन कप’को उपाधि टिम भेन्यूलाई

Laxmi Sunrise Bank Limited
ग्रासरुट फुटबलमा हुन्डाई नेपालको लगानी, ‘नेक्स्ट जेन कप’को उपाधि टिम भेन्यूलाई

 काठमाण्डौ ।  हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा आयोजना गरेको पहिलो ‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न भएको छ।

ललितपुरको च्यासल मैदानमा आयोजित एकदिने यू–१६ फुटबल प्रतियोगितामा आठ टोलीका ८० जना प्रतिभाशाली युवा खेलाडी सहभागी भएका थिए। नेपाली फुटबलको नयाँ पुस्तालाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने र ग्रासरुट फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ।

प्रतियोगितामा हुन्डाईका विभिन्न गाडीका मोडलको नामबाट टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यू, टिम आयोनिक–५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० नियोस र टिम पालिसेड सहभागी थिए।

New Office
CG Motors
Garima Development Bank

दिनभर चलेको प्रतिस्पर्धामा टिम भेन्यूले उपाधि जितेको छ भने टिम क्रेटा इलेक्ट्रिक उपविजेता बनेको छ। प्रतियोगिताले युवा खेलाडीलाई व्यावसायिक रूपमा व्यवस्थित मैदानमा प्रतिस्पर्धा गर्ने, सिक्ने र आत्मविश्वास बढाउने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

हुन्डाई फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारसमेत हो। कम्पनीको विश्वव्यापी ब्रान्ड अवधारणा ‘नेक्स्ट स्टार्ट्स नाउ’अनुसार नेपालमा पनि स्थानीयस्तरबाट फुटबल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपाली खेलाडीमा प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको बताए।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“प्रतिभा कहिल्यै हाम्रो सीमितता बनेको छैन, अवसरको अभाव मुख्य समस्या हो,” उनले भने, “यस्ता प्रत्येक मञ्चले युवा खेलाडीलाई ठूलो सपना देख्ने र त्यसका लागि निरन्तर मेहनत गर्ने आत्मविश्वास दिन्छ। हुन्डाई नेपालको सहयोग नेपाली फुटबलको भविष्यमा गरिएको लगानी हो।”

हुन्डाई नेपालले एजी–१० एकेडेमीसँगको सहकार्यलाई निरन्तरता दिँदै युवा खेलाडीका लागि थप अवसर सिर्जना गर्ने तथा नेपाली फुटबलको दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

कम्पनीका अनुसार ‘हुन्डाई नेक्स्ट जेन कप’ सवारीसाधनको व्यवसायमा मात्र सीमित नरही युवा विकास, समुदाय र ग्रासरुट खेलकुदमा सकारात्मक प्रभाव सिर्जना गर्ने दीर्घकालीन अभियानको हिस्सा हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.