काठमाण्डौ । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएको आरोपमा घोराही–१५ का वडा सदस्य उत्तम बुढाथोकी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीका अनुसार बुढाथोकीलाई घोराही क्षेत्रबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा देखिएको विवादपछि असन्तुष्टि जनाउँदै वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि मोबिल खन्याएका थिए ।

