काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल तथा नेपालका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का प्रमुख नुमान ओजकानबीच असार २८ गते आइतबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’लाई व्यावहारिक तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपायहरूबारे विभिन्न पक्षमा छलफल भएको थियो।
विशेष गरी नेपाली युवाका लागि स्वदेशमै भरपर्दो, दिगो र सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिने नीति, कार्यक्रम तथा पहलहरूबारे विचार–विमर्श भएको थियो।

