बुधबार, असार ३१,२०८३ 11:09:42
Bizshala
  • बुधबार, असार ३१,२०८३ 11:09:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गाडी पार्किङबारे मनिष झाको धारणा, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’

Laxmi Sunrise Bank Limited
गाडी पार्किङबारे मनिष झाको धारणा, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’

काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्ने सरकारी कदमप्रति आपत्ति जनाएका छन्। उनले राज्यले नै नागरिकलाई आतंकित बनाउने गतिविधि गर्न नहुने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले राज्यको मुख्य दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु रहेको उल्लेख गरे। उनले राज्यका निकायबाटै नागरिकमा थप त्रास उत्पन्न हुने गतिविधि हुनु गलत भएको बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

उनले यस्ता कार्यबाट सुशासन कायम हुन नसक्ने टिप्पणी गर्दै प्रश्न गरेका छन्, ‘यस्तो बचपना देखाएर राजकाज चल्छरु के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन्जी पुस्ताले शहादत गरेको हो ?’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.