शुक्रबार, श्रावण १,२०८३ 02:55:17
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:55:17
Bizshala
Global IME Bank Limited

लक्ष्यको ९४ प्रतिशत रासायनिक मल आपूर्ति, गोदाममा अझै ९२ हजार टन मौज्दात

लक्ष्यको ९४ प्रतिशत रासायनिक मल आपूर्ति, गोदाममा अझै ९२ हजार टन मौज्दात
New Office

 

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यको करिब ९४ प्रतिशत रासायनिक मल आपूर्ति गरेको जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति भएको हो। सरकारले वार्षिक रूपमा छ लाख मेट्रिकटन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो।

रासायनिक मल खरिद तथा आपूर्तिका लागि गत आर्थिक वर्षमा २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत तीन लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, दुई लाख तीन हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी र ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास आपूर्ति गरिएको छ।

सो अवधिसम्म देशभरका गोदाममा ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन मल मौज्दात रहेको थियो। मौज्दातमध्ये ४९ हजार १०४ दशमलव ३० मेट्रिकटन युरिया, २४ हजार १२ दशमलव ८५ मेट्रिकटन डीएपी र १९ हजार ४७५ दशमलव २० मेट्रिकटन पोटास रहेको छ।

अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेको मौज्दातसमेत जोड्दा असार २४ गतेसम्म पाँच लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन मल बिक्री भएको मन्त्रालयले जनाएको छ।

यस अवधिमा तीन लाख सात हजार १६ दशमलव ६० मेट्रिकटन युरिया, एक लाख ९२ हजार ९३१ दशमलव १५ मेट्रिकटन डीएपी र १८ हजार ३३० दशमलव ८० मेट्रिकटन पोटास बिक्री भएको छ।

यसैगरी, २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल बाह्य ढुवानी मार्गमा रहेको छ। ढुवानीमा रहेको मलमध्ये ८६ दशमलव ०५ मेट्रिकटन युरिया र २०२ दशमलव ७० मेट्रिकटन डीएपी रहेको मन्त्रालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.