काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्कालीन वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले आफूसँग रहेको सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
धितो राखिएको सुनको मूल्यांकनका आधारमा मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। यो कर्जामार्फत ग्राहकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक रकम व्यवस्थापन गर्न सक्नेछन्।
ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो सुविधा हालका लागि काठमाडौंको न्युरोड गेटस्थित सिद्धार्थ बैंकको शाखाबाट उपलब्ध हुनेछ।
यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

