बुधबार, श्रावण ६,२०८३ 06:07:15
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:15
Bizshala
Global IME Bank Limited

सोनम वाङ्चुकलाई अनशन तोड्न ककरोच जनता पार्टीको आग्रह, आन्दोलन जारी राख्ने प्रतिबद्धता

सोनम वाङ्चुकलाई अनशन तोड्न ककरोच जनता पार्टीको आग्रह, आन्दोलन जारी राख्ने प्रतिबद्धता
New Office

काठमाण्डौ । ककरोच जनता पार्टी (सीजेपी) ले बुधबार सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई पत्र लेख्दै अनशन अन्त्य गर्न आग्रह गरेको छ। पार्टीले वाङ्चुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनको जीवन देशका लागि महत्वपूर्ण रहेको जनाएको छ।

सीजेपीले पत्रमा भनेको छ, ‘पूरा सम्मान र हृदयदेखि आभारसहित हामी तपाईंलाई अनशन अन्त्य गर्न अनुरोध गर्दछौं। तपाईंको त्यागले देशभरका हजारौं विद्यार्थीलाई प्रेरणा दिएको छ। जुलाई २० मा विभिन्न राज्यबाट युवाहरू केवल तपाईं र यस आन्दोलनको समर्थनमा सहभागी हुन पुगेका थिए।’

पार्टीले वाङ्चुकको आन्दोलन कुनै एक व्यक्तिको मात्र नभई परीक्षा प्रणालीमा न्याय खोजिरहेका सबै विद्यार्थीहरूको आवाज भएको उल्लेख गरेको छ। साथै, अहिले उनको स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा आवश्यक रहेको बताएको छ।

सीजेपीले वाङ्चुकले अनशन तोडे पनि आन्दोलन समाप्त नहुने स्पष्ट पारेको छ। पार्टीले परीक्षा प्रणालीमा न्यायको माग पूरा नभएसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएको छ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भिडियो सार्वजनिक गर्दै वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेका छन्। उनले देशलाई सोनम वाङ्चुकको आवश्यकता रहेको र उनको जीवन अत्यन्त मूल्यवान भएकाले थप जोखिममा पार्न नहुने बताएका छन्।

दीपकेले जंतर–मंतरमा जारी शान्तिपूर्ण प्रदर्शन माग पूरा नभएसम्म निरन्तर रहने पनि बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.