बुधबार, श्रावण ६,२०८३ 07:11:23
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:11:23
Bizshala
Global IME Bank Limited

रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो

रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो
New Office

काठमाण्डौ । धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको छ ।  

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने छ ।

यसैबीच, विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको छ । थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याइँदै छ । यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू हिजो नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन् । उक्त मल गन्तव्यमा पुगेसँगै किसानलाई वितरण गरिनेछ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.