बुधबार, श्रावण ६,२०८३ 07:58:23
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:58:23
Bizshala
Global IME Bank Limited

७४ वर्षपछि समुद्रको गहिराइमा भेटियो दुर्घटनाग्रस्त विमान

७४ वर्षपछि समुद्रको गहिराइमा भेटियो दुर्घटनाग्रस्त विमान
New Office

काठमाण्डौ । सन् १९५२ मा पोर्टो रिकोको तट नजिक एटलान्टिक महासागरमा दुर्घटनाग्रस्त भएको प्यान अमेरिकन एयरवेजको यात्रुवाहक विमानको भग्नावशेष ७४ वर्षपछि फेला परेको छ। एयर/सी हेरिटेज फाउन्डेसनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उक्त विमान जुन २ तारिखमा समुद्रको सतहबाट करिब २ हजार फिट तल फेला परेको हो।

अनुसन्धान टोलीका अनुसार विमान दुई ठूला भागमा विभाजित अवस्थामा रहेको थियो। उच्च क्षमताको सोनार प्रविधि र स्वचालित पानीमुनि सञ्चालन हुने यन्त्रको प्रयोग गरी विमानको अवशेष पत्ता लगाइएको हो। दुर्घटनामा विमानमा रहेका ६९ जनामध्ये ५२ जनाको मृत्यु भएको थियो।

वर्षौँदेखि जारी खोजी अभियानमा डिस्कभरी च्यानलको कार्यक्रम ‘एक्सपेडिसन अननोन’ र गहिरो समुद्री खोजी गर्ने कम्पनी डीप सी भिजन समेत सहभागी थिए।

प्यान अमेरिकन एयरवेजको उक्त दुर्घटनाले विश्वभर हवाई सुरक्षा प्रणालीमा ठूलो परिवर्तन ल्याएको मानिन्छ। आज विमान उड्नुअघि यात्रुहरूलाई दिइने सुरक्षा जानकारी र प्रदर्शनको सुरुवात यही दुर्घटनापछि भएको थियो।

विमानमा पाँच जना चालक दलका सदस्य र ६४ जना यात्रु गरी कुल ६९ जना सवार थिए। विमान न्यूयोर्क सहरतर्फ जाँदै थियो। उडान सुरु भएको केही समयमै इन्जिनमा समस्या आएपछि चालकले विमानलाई समुद्रमा आपत्कालीन अवतरण गराएका थिए।

प्रारम्भिक अवतरणमा भने कसैको मृत्यु भएको थिएन। तर, त्यसपछि अपनाउनुपर्ने सुरक्षा प्रक्रिया, यात्रु व्यवस्थापन र उद्धारसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा अवस्था भयावह बनेको थियो।

एयर/सी हेरिटेज फाउन्डेसनका अनुसार, यात्रुहरूलाई कुनै पूर्वसुरक्षा जानकारी नदिइएको, भाषागत समस्या रहेको र आपत्कालीन अवस्थामा बाहिर निकाल्ने समन्वित प्रक्रिया नभएका कारण विमानमा रहेका मानिसहरूले अन्योल, अव्यवस्था र खराब समुद्री अवस्थाको सामना गर्नुपरेको थियो। अन्ततः विमान तीन मिनेटभन्दा कम समयमा समुद्रमा डुबेको थियो।

यस घटनापछि नागरिक उड्डयन बोर्डले अनिवार्य पूर्वउडान सुरक्षा जानकारी र प्रदर्शनको व्यवस्था लागू गरेको थियो। यो संस्था पछि स्थापना भएको संघीय उड्डयन प्रशासनभन्दा अगाडिको नियामक निकाय थियो।

‘आज तपाईं विमानमा चढ्दा जुन सुरक्षा अनुभव गर्नुहुन्छ, त्यसमा क्लिपर एन्डेभर र त्यसका यात्रुहरूले भोगेको घटनाको ठूलो योगदान छ,’ अन्वेषक तथा ‘एक्सपेडिसन अननोन’ कार्यक्रमका प्रस्तोता जोस गेट्सले भने।

एयर/सी हेरिटेज फाउन्डेसनका अध्यक्ष रुस म्याथ्युजले सन् २०१९ देखि सान जुआनको समुद्री क्षेत्रमा खोजी सुरु गरेका थिए। उनले दुर्घटनासम्बन्धी विभिन्न प्रतिवेदन अध्ययन गरेपछि भग्नावशेष खोज्ने अभियान अघि बढाएका थिए।

खोजीका क्रममा अमेरिकी वायु सेनाका पाइलटहरूले तयार पारेको नक्सा समेत प्राप्त भएको थियो। केही साताअघि एउटा अनुसन्धान जहाज खोजी अभियानमा सहभागी भएको थियो। टोलीसँग पानीमुनि सञ्चालन हुने यन्त्र प्रयोग गरेर विमान पत्ता लगाउन केवल दुई दिनको समय थियो।

अन्ततः पहिलो प्रयासमै टोली सफल भयो। प्राप्त तस्बिरहरूमा प्यान अमेरिकनको प्रसिद्ध पखेटासहितको लोगो र विमानको नाम स्पष्ट देखिएको थियो। भग्नावशेष क्षतिग्रस्त भए पनि विमानको मुख्य भाग भने समुद्रको गहिराइमा राम्रोसँग सुरक्षित रहेको अनुसन्धान टोलीले जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.