सोमबार, असार २,२०८२ 03:19:20
  • सोमबार, असार २,२०८२ 03:19:20
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्ने गरि अध्ययन समितिको प्रस्ताव, ३ समूह भिड्दै

Hyundai Nepal
नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्ने गरि अध्ययन समितिको प्रस्ताव, ३ समूह भिड्दै
Nabil Bank Limited

काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ । समितिका संयोजक चिन्तामणि सिवाकोटिका अनुसार अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो ।  

सरकारले २०८० साल माघ ९ गते सिवाकोटी संयोजक रहने गरि तीन सदस्य समिति बनाएको थियो । उक्त समितिले विभिन्न विकल्पसहित सुझाव दिएको छ । जसमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वित्तरण गर्न सकिने , पुरानो स्टक एक्सचेञ्जको पूनर्संरचना गर्न सकिने अथवा दुवै विकल्पलाई सँगैसँगै अगाडी बढाउन सक्ने गरि विभिन्न विकल्प तयार पारेर सरकारलाई प्रतिवेदन बुझाइएको छ ।  

नयाँ स्टक एक्सचेञ्जको लागि निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकालमा नै तीन वटा समूहले आवेदन दिएका छन् । अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्जका लागि अनुमति दिन सकिने जनाएपछि अब यी तिन समूहबीच तीव्र मोलमलाई र भिडन्त हुने निश्चित देखिन्छ । यहि विषय पेचिलो बन्दा हाल धितोपत्र बोर्डको अध्यक्ष पनि सरकारले नियुक्ति गर्न सकेको छैन ।  

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूहमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज छन् ।  

लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष  शुशिल भट्टका सहोदर भाइ हुन् । हिमालयन स्टक एक्सचेञ्जमा भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीब्र लविङ गरेको थियो ।  

अर्को अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापा लगायतका सुरेन्द्र वाग्ले, प्रकाशकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।  

नयाँ स्टक एक्सचेञ्जमा आवेदन दिएर बसेका यी तीनै समूह आफू अनुकूलको सेवोन अध्यक्ष बनाउन सके स्टक एक्सचेञ्जको लाइसेन्स आफ्नो पोल्टामा पार्ने दाउमा छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.