बिहीबार, श्रावण ७,२०८३ 08:40:52
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:40:52
Bizshala
Global IME Bank Limited

कोभिड–१९ र २००८ को आर्थिक संकटबारे चेतावनी दिएका पत्रकारले दिए नयाँ चेतावनी, अब कस्तो संकट आउँला ?

कोभिड–१९ र २००८ को आर्थिक संकटबारे चेतावनी दिएका पत्रकारले दिए नयाँ चेतावनी, अब कस्तो संकट आउँला ?
New Office

काठमाण्डौ । कोभिड–१९ महामारी र सन् २००८ को विश्वव्यापी आर्थिक संकटबारे पहिले नै चेतावनी दिएका बेलायती पत्रकार रोबर्ट पेस्टनले अब एआईलाई लिएर गम्भीर चेतावनी दिएका छन्।

पेस्टनले आफ्नो नयाँ पुस्तक ‘द किल स्विच’ मा एआईबाट उत्पन्न हुन सक्ने जोखिम र यसको भविष्यका प्रभावबारे चर्चा गरेका छन्। उनका अनुसार एआईले भविष्यमा ‘अत्यन्त ठूलो संख्यामा रोजगारी समाप्त गर्न सक्ने’ सम्भावना छ।

उनले विश्वका नेताहरूले एआईबाट सिर्जना हुने चुनौतीबारे तत्काल गम्भीर बहस गर्नुपर्ने बताएका छन्। पेस्टनका अनुसार अहिले विश्वका सरकारहरूले अन्य विषयभन्दा बढी एआईको प्रभाव, नियमन र व्यवस्थापनबारे छलफल गर्नुपर्ने भए पनि त्यसो भइरहेको छैन।

‘मलाई सबैभन्दा बढी चिन्ता लाग्ने कुरा यही हो कि हामी सबैले यस विषयमा बहस गर्नुपर्ने हो। हाम्रा नेताहरूले अरू सबै कुराभन्दा बढी यही विषयमा कुरा गर्नुपर्ने हो, तर उनीहरू गरिरहेका छैनन्,’ पेस्टनले भने। रोजगारी गुमेपछि वैकल्पिक आर्थिक प्रणाली आवश्यक पर्ने दाबी पेस्टनका अनुसार एआईले अहिले नै धेरै क्षेत्रमा मानिसको कामलाई प्रतिस्थापन गर्न थालेको छ र भविष्यमा कम्पनीहरूले यसको प्रयोग अझ व्यापक बनाउने घोषणा गरिसकेका छन्।

यदि ठूलो संख्यामा मानिसले रोजगारी गुमाए र आम्दानीको स्रोत कमजोर भयो भने सरकारले परम्परागत आयकर प्रणालीबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ। उनले सार्वजनिक सेवाहरू सञ्चालन गर्न आयकरबाहेकका वैकल्पिक वित्तीय उपायबारे सोच्नुपर्ने बताएका छन्।

उनले एआईसँग जोडिएको ठूलो लगानीका कारण आगामी एक–दुई वर्षभित्र विश्वव्यापी आर्थिक संकट आउन सक्ने जोखिमसमेत औंल्याएका छन्।

‘विश्वभर गम्भीर आर्थिक संकट आउने सम्भावनाबारे म साँच्चिकै चिन्तित छु, किनभने एआईका लागि डाटा सेन्टर र ऊर्जा पूर्वाधार निर्माणमा अत्यन्त ठूलो मात्रामा पैसा लगानी भइरहेको छ,’ उनले भने।

६६ वर्षीय पेस्टनले यसअघि पनि कम सम्भावना भए पनि ठूलो प्रभाव पार्ने घटनाहरूबारे चेतावनी दिएका थिए। उनले सन् २००८ को विश्वव्यापी आर्थिक संकट र कोभिड–१९ महामारी दुवैका संकेत देखिए पनि सरकारहरूले पर्याप्त तयारी नगरेको बताएका छन्।

उनका अनुसार सन् २००७ मै उनले बैंकिङ क्षेत्रमा देखिएका समस्याले ठूलो क्षति निम्त्याउन सक्ने चेतावनी दिएका थिए। त्यतिबेला केही राजनीतिज्ञ र वित्तीय क्षेत्रका व्यक्तिहरूले उनलाई डर फैलाएको आरोप लगाउँदै बीबीसीमा उजुरीसमेत गरेका थिए।

पछि चीनबारे धेरै अनुसन्धान र रिपोर्टिङ गरेका पेस्टनले सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको नयाँ भाइरस गम्भीर हुन सक्ने भन्दै सरकारका अधिकारीहरूलाई सचेत गराएको बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.