काठमाण्डौ । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरुले यस क्षेत्रको अग्रेणी होटल ब्राण्डको रुपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटेल्सका प्रवन्ध निर्देशक समिर एमसीले भने,‘नयाँ आर्थिक वर्ष ०८१/८२ को शुरुवातमै फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौँ । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ ।’
शान्त वातावरणमा अवस्थित फ्यूचनर्स रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाईएको छ ।
रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम,आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरु उपलब्ध छन् ।
शाकाहारी खानाका पारखीहरुलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध छन् । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ ।
रिसोर्टमा ८ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुलरहेको छ ।