बुधबार, आश्विन १४,२०८३ 03:35:20
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 03:35:20
Bizshala
Global IME Bank Limited

वन र वातावरण जोगाउन नसके मानव अस्तित्व नै संकटमा पर्छ : मन्त्री चौधरी

Bizshala
वन र वातावरण जोगाउन नसके मानव अस्तित्व नै संकटमा पर्छ : मन्त्री चौधरी
New Office

 

काठमाण्डौ । मधेस प्रदेशकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई विकासको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्राकृतिक स्रोतको संरक्षणबिना मानव अस्तित्व नै संकटमा पर्ने चेतावनी दिइन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले वन तथा वातावरण संरक्षणको जिम्मेवारी सरकारको मात्र नभई स्थानीय तह, समुदाय, निजी क्षेत्र र सर्वसाधारण सबैको भएको उल्लेख गरिन्। प्राकृतिक स्रोतको अत्यधिक दोहन रोक्दै भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले सडक, पुल र भौतिक पूर्वाधार निर्माणलाई मात्र विकासका रूपमा बुझ्न नहुने बताइन्। कृषि, वन, जलस्रोत, जमिन र वातावरणको संरक्षणसहित सन्तुलित विकास नभएसम्म मुलुकले दिगो समृद्धि हासिल गर्न नसक्ने उनको धारणा थियो।

बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने नारा सुन्दै आए पनि व्यवहारमा कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता पाउन नसकेको उनले बताइन्।

कृषि उत्पादन बढाउन माटोको गुणस्तर सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री चौधरीले माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिइन्। प्रदेश सरकार प्राकृतिक स्रोतको संरक्षण, वन क्षेत्र विस्तार र वातावरणीय सन्तुलन कायम गर्न प्रतिबद्ध रहेको उनले बताइन्।

सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्राणी उद्यान स्थापना गर्ने योजना अघि सारेको जानकारी दिँदै उनले मधेस प्रदेशमा पनि उपयुक्त स्थान छनोट गरी प्राणी उद्यान निर्माण गरिने बताइन्।

कार्यक्रममा वृक्षरोपण गर्नुका साथै वन संरक्षण, वातावरणीय चुनौती र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल गरिएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.