आगामी सिजनका लागि रासायनिक मल खरिद गर्न १० अर्बको स्रोत सहमति
काठमाण्डौ । आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको हो।

