आईतवार, श्रावण १०,२०८३ 06:56:24
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:56:24
Bizshala
Global IME Bank Limited

नागढुंगा सुरुङमार्ग सञ्चालनको नयाँ मोडलः सुरुवातमा आकस्मिक सवारीलाई मात्रै अनुमति दिइने

नागढुंगा सुरुङमार्ग सञ्चालनको नयाँ मोडलः सुरुवातमा आकस्मिक सवारीलाई मात्रै अनुमति दिइने
New Office

काठमाण्डौ । काठमाण्डौ र धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्ग औपचारिक उद्घाटनको तयारीमा पुगेको छ। तर उद्घाटनसँगै सर्वसाधारणका सबै सवारी साधनका लागि सुरुङमार्ग तत्काल खुला नहुने भएको छ। आयोजनाले सुरक्षालाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा सञ्चालन गर्ने योजना अघि सारेको छ।

उद्घाटनपछि पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन तथा अन्य अत्यावश्यक सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ।

उक्त परीक्षण अवधिमा सीमित सवारी सञ्चालन गरेर सुरुङभित्रको सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन, प्राविधिक प्रणाली र आपतकालीन उद्धार प्रक्रियाको परीक्षण गरिनेछ। आयोजना प्रमुख नेपालका अनुसार, एकैपटक ठूलो संख्यामा सवारी प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले यस्तो रणनीति अपनाइएको हो।

आयोजनाले अत्यावश्यक सवारी सञ्चालन गरेर सुरुङमार्गको व्यवहारिक परीक्षण करिब एक सातादेखि १० दिनसम्म गर्ने अनुमान गरेको छ। यद्यपि प्राविधिक तयारी र सुरक्षा परीक्षण छिटो पूरा भएमा सर्वसाधारणका लागि सञ्चालन अवधि अगाडि ल्याउन सकिने बताइएको छ।

परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने आकस्मिक तथा अत्यावश्यक सवारी साधनबाट कुनै शुल्क लिइने छैन। परीक्षण सफल भएपछि सर्वसाधारणका सवारी साधनलाई क्रमशः प्रवेश अनुमति दिइनेछ। सुरुमा साना सवारी साधनलाई प्राथमिकता दिने र त्यसपछि मात्र बस तथा ठूला सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी छ।

सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर निर्धारण गरिसकेको छ। सडक बोर्ड ऐन, २०५८ अनुसार तोकिएको शुल्कअनुसार हलुका सवारी साधन ९कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बसलगायत० ले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी ट्रक÷टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।

बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ। मल्टी एक्सल ट्रक, भारी सवारी तथा उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ निर्धारण गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.