काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९ ओं वार्षिक साधारण सभा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा आज भक्तपुर कौशलटारमा रहेको ह्वाइट हाउस ब्याङ्केटमा सम्पन्न गरेको छ ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष राज कुमार राईले आर्थिक वर्ष २०८१/८२ मा वित्तीय संस्थाले ३ लाख ३ हजार घर परिवारमा लघुवित्त सेवा पुर्याई १ लाख २६ हजार ऋणी सदस्यलाई रु.१९ अर्ब ५१ करोड ऋण लगानी गरेको र रु.६ अर्व ४५ करोड बचत संकलन गरेको जानकारी दिए । साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष राज कुमार राईले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
बैठकले लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि वित्तीय संस्थाको कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई स्वीकृत गरेको थियो ।
बैठकले वित्तीय संस्थाको पूँजी वृद्धि योजना, प्रबन्धपत्रको धारा र धाराहरु संशोधन गर्ने र अन्य ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
वित्तीय सस्थाका संस्थापक सञ्चालक सन्जु घिमिरेले स्वगत मन्तव्यक्त साथै संस्थाले गरीबी न्यूनिकरणमा खेलेको भूमिका तथा लघुवित्तमा देखिएको वर्तमान चुनौतीहरु यसले लघुवित्तमा पार्न सक्ने प्रभावबाट आगामी दिनमा संस्थाले खेल्नु पर्ने भूमिका सम्बन्धमा मन्तब्य राखेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलबाट सेयरधनीहरुका जिज्ञासा प्रत्युक्तर तथा धन्यवाद ज्ञापन व्यक्त गरे । राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा २२५ वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ ।

