शनिबार, कार्तिक ७,२०८३ 07:07:27
  • शनिबार, कार्तिक ७,२०८३ 07:07:27
Global IME Bank Limited

नागढुङ्गा सुरुङमार्गको उद्घाटन आज

Bizshala
नागढुङ्गा सुरुङमार्गको उद्घाटन आज
New Office

काठमाण्डौ । निर्धारित समयभन्दा झन्डै दोब्बर अवधि लगाएर निर्माण सम्पन्न भएको नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको यो परियोजना सुरुआती तीन महिनासम्म परीक्षणकालमा रहनेछ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नेछन्। उद्घाटनपछि केही समय एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण सफल भएपछि अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई क्रमिक रूपमा सञ्चालन अनुमति दिइने आयोजना कार्यालयले जनाएको छ।

जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले परियोजना सरकारलाई हस्तान्तरण गरिसकेको छ। अब सुरुङमार्ग सञ्चालन, मर्मत तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजना कार्यालयले सम्हाल्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सम्झौताअनुसार ४२ महिनामा सम्पन्न हुनुपर्ने परियोजना विभिन्न कारणले ८० महिनापछि पूरा भएको हो। आयोजना सम्पन्न गर्न करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ, जसमा निर्माण कार्यमा १७ अर्ब, लागत वृद्धि र विनिमय दरका कारण २ अर्ब तथा जग्गा अधिग्रहणमा ६ अर्ब रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ। कुल लागतमध्ये १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण रहेको छ भने जग्गा मुआब्जा नेपाल सरकारले व्यहोरेको हो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

परियोजनाअन्तर्गत २.६८८ किलोमिटर लामो मुख्य सुरुङमार्ग र आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ। यसका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सरकारले यसअघि नै सवारीसाधनको प्रकारअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म टोल शुल्क निर्धारण गरिसकेको छ। परीक्षणकाल सम्पन्न भएपछि नियमित रूपमा शुल्कसहित सुरुङमार्ग सञ्चालन गरिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.