काठमाण्डौ । आत्मदाहको प्रयास गरेकी धनगढीका एक युवकको निधन भएको छ । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीय ज्योति चौधरीको सोमबार निधन भएको हो ।
चौधरीले आईतबार आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केका थिए । जसपश्चात उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
शरीरको करिब ६० प्रतिशत भाग जलिसकेको चौथरीलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाण्डौ लगेका थिए। काठमाण्डौ लैजाँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।