सोमबार, आश्विन १९,२०८३ 01:06:54
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 01:06:54
Bizshala
Global IME Bank Limited

राजस्व चुहावट रोक्न अर्थमन्त्रीको निर्देशन, १४ प्रमुख नाकामा स्क्यानर जडान गरिने

Bizshala
राजस्व चुहावट रोक्न अर्थमन्त्रीको निर्देशन, १४ प्रमुख नाकामा स्क्यानर जडान गरिने
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय सुधार्न र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा सोमबार आयोजित वार्षिक राजस्व समीक्षा बैठकमा उनले नयाँ आर्थिक वर्षको राजस्व लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन आग्रह गरे। करदातालाई त्रसित बनाएर नभई प्रोत्साहित गर्दै करको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

“राजस्व संकलनको लक्ष्य, समयसीमा र उद्देश्य स्पष्ट छ। अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस्,” उनले भने, “इमानदारी र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड हुन्छ।”

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राजस्व छली रोक्न प्रविधिको प्रयोगमा जोड दिँदै अर्थमन्त्री वाग्लेले तीन महिनाभित्र देशका १४ प्रमुख भन्सार नाकामा सवारीसाधन स्क्यानर जडान गर्न निर्देशन दिए। बिग्रिएका स्क्यानर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन पनि उनले आग्रह गरे।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आर्थिक गतिविधि र राजस्व तथ्याङ्कबीच देखिएको बेमेलको कारण पहिचान गरी कमजोरी सच्याउन निर्देशन दिए। मन्त्रालय तथा मातहतका अधिकारीहरूले राजस्वको अवस्था, आगामी लक्ष्य र चुनौतीबारे प्रस्तुति दिएका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.