काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट गा्रहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उदेश्यले क्यूआर टेलरको शुभारम्भ गरेको छ । फाइनान्सका अध्यक्ष युवराज भण्डारीले सो क्यूआर टेलरको शुभारम्भ गरेका हुन ।
सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग,वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको थियो ।
क्यूआर टेलर सुविधाबाट संस्थाका ग्राहकहरुले सो प्रविधिमार्फत नगद भुक्तानी लिन सक्नेछन् । यस प्रविधिले ग्राहकहरुलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यूआर टेलर सुविधा संस्थाले हाललाई काठमाण्डौ उपत्यकाका शाखाहरुमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै
शाखाहरुमा सुरुवात गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                