काठमाण्डौ । अमेरिकामा ८ वर्षदेखि क्यान्सरसँग लडिरहेका एक व्यक्तिले १.३ बिलियन डलरबराबरको चिठ्ठा जितेका छन् ।
अमेरिकाको ओरीगनका चेङ‘ चार्ली’सेईफान नामक व्यक्तिले अन्य तीन जनासँगै १.३ बिलियन डलरबराबो यो महिनाको पावरबल ज्याकपट चिठ्ठा जितेका हुन् ।
चेङले आफु विगत ८ वर्षदेखि क्यान्सरसँग जुधिरहेको र गत साता मात्रै केमोथेरापी गरेको बताएका छन् ।
चेङले आफुले जितेको चिठ्ठा आफुनी श्रीमती डुवापेन सेईफान र साथी लाइजा चाओलाई बाड्ने बताएका छन् । चाओले ५० प्रतिशत र चेङ दम्पत्तिले २५/२५ प्रतिशत नगद पाउने छन् ।
‘म मेरो परिवारका लागि खुसी छु । उनीहरुले राम्रो जीवन बिताउन पाउने छन् ।’ ४६ वर्षिय चेङले भने,‘ तर म भने क्यान्सरसँग लडिरहेको अवस्थामा कसरी पैसा खर्च गर्ने भन्ने बारे सोचिरहेको छु ।’
चेङले एउटा सपनाको घर खरिद गरेर सामान्य जीवन बिताउने योजना बनाएको बताएका छन् ।
पाबरबलका अनुसार यो ज्याकपट इतिहासकै चौथो ठूलो हो । चेङलाई चिठ्ठा खरिद गर्न उनकी साथी चाओले १०० डलर दिएकी थिइन् । चिठ्ठा परेको थाहा पाएपछि चेङले चाओलाई फोन गरेका थिए । -एजेन्सी