मंगलवार, श्रावण १२,२०८३ 09:03:51
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:03:51
Bizshala
Global IME Bank Limited

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार श्रेष्ठको आज निधन भएको हो।

उनका अनुसार केही समयभित्रै पार्टीले विज्ञप्ति जारी गरी निधनसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्नेछ। श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा सोही अस्पतालमा उनको निधन भएको हो।

श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा राखिने भएको छ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

नेपाली कांग्रेसले श्रेष्ठलाई हालै पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। पार्टीमा उनले पुर्याएको दीर्घकालीन योगदानको सम्मान गर्दै उनलाई वरिष्ठ नेता बनाइएको थियो।

श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। गत पुसमा आयोजित कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा समेत उनी सहभागी भएका थिए।

स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका श्रेष्ठले नेपाली कांग्रेसमा लामो राजनीतिक यात्रा तय गरेका थिए। उनले भौतिक योजना, वन, उद्योग, शिक्षा लगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.