बुधबार, श्रावण १३,२०८३ 06:54:38
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:54:38
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।  

उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरत राज वस्तीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार, माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधा सहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ ।

यस सुविधा मार्फत कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन् । तलब व्यवस्थापन खातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी विभिन्न अतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउनेछ । 

जस अन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवा लगायतका बैंकिङ सुविधाहरू समावेश रहनेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेड विभिन्न सरकारी कार्यालयहरुको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । साथै, आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिमा आधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.