बिहीबार, श्रावण १४,२०८३ 02:28:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:28:30
Bizshala
Global IME Bank Limited

बालश्रम प्रयोग गरेको आरोपमा बुटवलका दुई रेस्टुरेन्टलाई कारबाही, ५०–५० हजार जरिवाना

बालश्रम प्रयोग गरेको आरोपमा बुटवलका दुई रेस्टुरेन्टलाई कारबाही, ५०–५० हजार जरिवाना
New Office

काठमाण्डौ । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ । श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम प्रयोग भइरहेको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बालहेल्पलाईन १०९८ को संयुक्त टोलीले उक्त स्थानमा निरीक्षण गरेको थियो ।  

निरीक्षणका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालक श्रमिकका रूपमा कार्यरत रहेको फेला परेको थियो । उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालिन बासगृहमा पठाइएको थियो ।

बालश्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट ५०,००० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।  

यसका साथै, श्रम ऐन अनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको रकम भुक्तानी समेत गराइएको छ । राजु रेस्टुरेन्टमा कार्यरत बालकका लागि ३ लाख ८४ हजार ३४९ र सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकका लागि क्रमशः १ लाख ८७ हजार ४८६ र ४१ हजार ५३६ क्षतिपूर्ति बापतको रकम भुक्तानी गराइएको छ ।

रेस्टुरेन्ट सञ्चालकहरूलाई अब उप्रान्त बालश्रम प्रयोग नगर्न चेतावनी दिइएको छ । उद्धार गरिएका बालकहरूलाई आवश्यक प्रक्रिया पुरा गरी हाल निजका आफन्तको जिम्मा लगाइसकिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.