काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। दूरसञ्चारसम्बन्धी कसुरको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।
भण्डारीलाई शुक्रबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थपका लागि अनुमति लिने तयारी गरिएको छ।
उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने जनाइएको छ । तत्ककालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भएको बेला भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा कार्यरत थिए ।

