सोमबार, श्रावण १८,२०८३ 03:49:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:49:55
Bizshala
Global IME Bank Limited

भारतको उपनिर्वाचनमा भाजपालाई धक्का, बलियो गढमै प्रशान्त किशोरको अग्रता

भारतको उपनिर्वाचनमा भाजपालाई धक्का, बलियो गढमै प्रशान्त किशोरको अग्रता
New Office

 

काठमाण्डौ । भारतका विभिन्न राज्यका तीन विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणनामा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको प्रारम्भिक नतिजाले देखाएको छ। मतगणना भइरहेका तीनमध्ये एक क्षेत्रमा मात्र भाजपा उम्मेदवारले अग्रता लिएका छन्।

बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा जन स्वराज पार्टीका प्रमुख प्रशान्त किशोर भाजपा उम्मेदवारलाई पछि पार्दै अगाडि देखिएका छन्। कुल ३१ चरणमा हुने मतगणनामध्ये १० चरण पूरा हुँदा किशोरले करिब २० हजार मत प्राप्त गरेको बताइएको छ।

पटनाको शहरी क्षेत्रमा पर्ने बाँकीपुरलाई भाजपाको बलियो राजनीतिक आधार क्षेत्र मानिन्छ। यस क्षेत्रबाट यसअघि भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिन विधायक निर्वाचित भएका थिए।

नबिन माथिल्लो सदन राज्यसभाको सदस्य बनेपछि रिक्त भएको सिटमा उपनिर्वाचन भएको हो। यहाँ भाजपाले निरज कुमारलाई उम्मेदवार बनाएको छ। प्रारम्भिक मतगणनामा कुमार प्रशान्त किशोरभन्दा करिब ६ हजार मतले पछाडि रहेको जनाइएको छ।

एक वर्षअघि भएको बिहार विधानसभा निर्वाचनमा प्रशान्त किशोर नेतृत्वको जन स्वराज पार्टीले कुनै पनि सिट जित्न सकेको थिएन। बाँकीपुरको प्रारम्भिक अग्रताले पार्टीको राजनीतिक प्रभाव विस्तार हुन थालेको संकेत गरेको छ।

मध्यप्रदेशको दतिया विधानसभा क्षेत्रमा पनि भाजपा उम्मेदवार आशुतोष तिवारी पछाडि परेका छन्। त्यहाँ कांग्रेसका घनश्याम सिंहले अग्रता लिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गुजरातको मान्जलपुर विधानसभा क्षेत्रमा भने भाजपाका सतेन्द्रभाइ पटेलले अग्रता कायम गरेका छन्। उपनिर्वाचन भइरहेका तीनवटै क्षेत्रमा यसअघि भाजपाले जित हासिल गरेको थियो।

भारतमा पछिल्लो समय भएका भनिएका ‘जेनजी’ तथा ‘कक्रोच’ आन्दोलनपछि सम्पन्न उपनिर्वाचनमा देखिएको प्रारम्भिक मतपरिणामलाई केही सञ्चारमाध्यमले भाजपाप्रतिको असन्तुष्टिसँग जोडेर विश्लेषण गरेका छन्। यद्यपि अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म राजनीतिक प्रभावबारे निष्कर्ष निकाल्न हतार हुने देखिन्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.