आईतवार, आश्विन १८,२०८३ 08:52:57
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:52:57
Bizshala
Global IME Bank Limited

आज पाँच संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची

Bizshala
आज पाँच संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची
New Office

काठमाण्डौ । संघीय संसद्अन्तर्गत आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछन्। बैठकहरूमा विभिन्न विधेयकमाथि दफावार तथा सैद्धान्तिक छलफलका साथै समसामयिक सार्वजनिक सरोकारका विषयमा विचार–विमर्श हुने कार्यसूची रहेको छ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ।

सोही समयमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सैद्धान्तिक छलफल हुने कार्यसूची छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, बिहान १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन तथा त्यससँग सम्बन्धित विषयमा छलफल गरिनेछ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनःस्थापना गर्ने सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल हुनेछ। साथै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि बैठकमा छलफल गरिनेछ।

यस्तै, दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे छलफल हुने कार्यसूची रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.