मंगलवार, श्रावण १९,२०८३ 06:54:21
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:54:21
Bizshala
Global IME Bank Limited

‘शतप्रतिशत शुद्ध’ दाबीसम्बन्धी कारबाहीपछि कानूनी विकल्प खोज्दै डाबर

‘शतप्रतिशत शुद्ध’ दाबीसम्बन्धी कारबाहीपछि कानूनी विकल्प खोज्दै डाबर
New Office

काठमाण्डौ । भारतको प्रमुख एफएमसीजी कम्पनी डाबर इन्डिया लिमिटेडले खाद्य उत्पादनमा गरिएको ‘शतप्रतिशत’ दाबीसम्बन्धी नियामक कारबाहीपछि कानूनी विकल्पबारे छलफल सुरु गरेको जनाएको छ। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण(एफएसएसएआई)ले केही उत्पादनको लेबल र विज्ञापनमा प्रयोग गरिएका ‘शतप्रतिशत’ प्राकृतिक’, ‘शतप्रतिशत शुद्ध’, ‘शतप्रतिशत शुद्धताको ग्यारेन्टी’, ‘शतप्रतिशत अर्गानिक’ लगायतका दाबीलाई भ्रामक भन्दै बिक्री रोक्न निर्देशन दिएको थियो।

डाबर इन्डियाले मंगलबार सार्वजनिक गरेको विवरणमा एफएसएसएआईको अगस्ट ३ मा जारी भएको निषेध आदेशबारे कानूनी विकल्प अध्ययन भइरहेको जनाएको छ। कम्पनीका अनुसार प्रभावित उत्पादनका लेबल तथा विज्ञापनमा परिवर्तन गर्ने प्रक्रिया यसअघि नै सुरु भइसकेको थियो। अधिकांश लेबल संशोधन भइसकेको र बाँकी उत्पादनमा पनि परिवर्तन भइरहेको कम्पनीले बताएको छ।

एफएसएसएआईले मह, एप्पल साइडर भिनेगर, भर्जिन नरिवल तेल, तिलको तेल, गाईको घिउ, नरिवल पानी, नरिवल दूधलगायत उत्पादनमा प्रयोग गरिएका ‘शतप्रतिशत’ सम्बन्धी दाबीमाथि आपत्ति जनाएको हो। नियामक निकायका अनुसार यस्ता दाबीहरू खाद्य सुरक्षा तथा मानक (विज्ञापन तथा दाबी) नियमावली, २०१८ को मापदण्डविपरीत रहेका छन्, किनकि ती दाबीहरू अस्पष्ट, प्रमाणित गर्न कठिन र उपभोक्तालाई भ्रमित पार्न सक्ने खालका छन्।

डाबरले भने आफ्ना उत्पादनका लेबलहरू प्रचलित कानूनी व्यवस्थाअनुसार रहेको दाबी गर्दै एफएसएसएआईसँग रचनात्मक रूपमा छलफल जारी राख्ने बताएको छ। कम्पनीले यस कारबाहीको प्रभाव सीमित उत्पादनमा मात्र पर्ने अपेक्षा गरेको छ र आगामी कदमका लागि कानुनी परामर्श लिइरहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.