मंगलवार, श्रावण १९,२०८३ 07:12:15
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:12:15
Bizshala
Global IME Bank Limited

कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्र मेहताको परिवारसँग गृहमन्त्रीको वार्ता

कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्र मेहताको परिवारसँग गृहमन्त्रीको वार्ता
New Office

 

काठमाण्डौ । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताको परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मृतकका परिवार तथा आफन्तबीच छलफल सुरु भएको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको मंगलबार शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

वार्तामा परिवारका माग, मृतकका आश्रितलाई उपलब्ध गराइने राहत तथा क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन र दोषीमाथिको कारबाहीका विषयमा छलफल हुने बताइएको छ।

कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाएपछि मानवीय क्षति भएको थियो। घटनापछि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

यसअघि गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छुट्टाछुट्टै छलफल गरेका थिए। गृह मन्त्रालयमा भएको छलफलमा पछिल्लो तनावपूर्ण अवस्था, शान्ति सुरक्षा तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्ने उपायबारे कुराकानी भएको उनको सचिवालयले जनाएको छ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले समेत सत्यतथ्य छानबिन, दोषीमाथि कानुनी कारबाही, मृतक परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको थियो। आयोगले विवादको समाधान वार्ता र संवादबाट खोज्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.