मंगलवार, श्रावण १९,२०८३ 07:59:30
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:59:30
Bizshala
Global IME Bank Limited

युद्धका कारण जन्मिएको फेन्टा कसरी बन्यो विश्वकै चर्चित सुन्तला स्वादको पेय ?

युद्धका कारण जन्मिएको फेन्टा कसरी बन्यो विश्वकै चर्चित सुन्तला स्वादको पेय ?
New Office

काठमाण्डौ। आज विश्वभर सुन्तला रंग, मीठो र हल्का अमिलो स्वादका कारण लोकप्रिय रहेको ‘फेन्टा’को जन्म भने दोस्रो विश्वयुद्धका कारण भएको थियो। अमेरिकी कम्पनी कोका–कोलाले जर्मनीमा उत्पादन जारी राख्न नसकेको परिस्थितिले नयाँ पेय पदार्थको विकास गराएको थियो।

सन् १९४१ मा अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गरेपछि अमेरिकाबाट जर्मनीमा व्यापार बन्द भयो। त्यसपछि कोका–कोलाको जर्मन शाखाले मूल कोका–कोला बनाउन आवश्यक सिरप आयात गर्न सकेन।

यस संकटबीच कोका–कोला जर्मनीका प्रमुख म्याक्स किथले स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरेर नयाँ पेय बनाउने निर्णय गरे। टोलीले साइडर उत्पादनपछि बाँकी रहने स्याउको गुदी, चीज उत्पादनपछि बाँकी रहने ‘व्हे’ र चिनीको रूपमा चुकन्दरको चिनी प्रयोग गरी नयाँ पेय तयार गर्यो।

‘फेन्टा’ नाम कसरी रह्यो ?

नयाँ पेयको नाम राख्ने क्रममा म्याक्स किथले कर्मचारीहरूलाई कल्पनाशक्ति प्रयोग गर्न आग्रह गरेका थिए। त्यसक्रममा बिक्री प्रतिनिधि जो निपले जर्मन शब्द ‘फान्टासी’ अर्थात् ‘कल्पना’बाट प्रेरित भएर ‘फेन्टा’ नाम प्रस्ताव गरे, जुन अन्ततः ब्रान्डको नाम बन्यो।

युद्धकालमा स्थानीय सामग्रीबाट उत्पादन गर्न सकिने भएकाले फेन्टा जर्मनीमा निकै लोकप्रिय बन्यो र कोका–कोलाले आफ्नो व्यवसाय निरन्तर सञ्चालन गर्न सफल भयो।

फेन्टा सुरुमा सुन्तला स्वादको थिएन

आजको जस्तो सुन्तला स्वाद र रंग फेन्टाको सुरुवाती विशेषता थिएन। प्रारम्भिक फेन्टाको स्वाद उपलब्ध स्थानीय सामग्रीअनुसार फरक–फरक हुन्थ्यो।

दोस्रो विश्वयुद्धपछि इटालीमा सुन्तला प्रशस्त उपलब्ध भएपछि त्यहीँ फेन्टा अरेन्ज विकसित गरियो। यही स्वाद विश्वभर लोकप्रिय बन्दै फेन्टाको पहिचान बन्यो।

कोका–कोलाबाट फेन्टासम्म

कोका–कोलाको इतिहास भने अझ पुरानो छ। सन् १८८६ मा औषधिविज्ञ जोन पेम्बर्टनले मदिरारहित नयाँ पेय तयार गरे, जसलाई पछि कोकाकोला नाम दिइयो। सुरुका वर्षहरूमा यसमा कोका पातबाट आउने अत्यन्तै सानो मात्रामा कोकिनको अंश भए पनि सन् १९०३ मा त्यसलाई पूर्ण रूपमा हटाइएको थियो। अहिले कोका–कोलामा क्याफिन छुट्टै थपिन्छ र यसको खैरो रंग क्यारामेलबाट प्राप्त हुन्छ।

सन् १९३६ को बर्लिन ओलम्पिक प्रायोजन गरेपछि जर्मनीमा कोका–कोलाको बजार बलियो बनेको थियो। तर दोस्रो विश्वयुद्धका कारण आपूर्ति अवरुद्ध भएपछि त्यही संकटले नयाँ ब्रान्ड फेन्टा को जन्म गरायो, जुन आज विश्वकै लोकप्रिय सफ्ट ड्रिङ्कमध्ये एक बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.