काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १७ गते बैंकिङ प्रणालीबाट ३ अर्ब रुपैयाँ थपिएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यसरी बैंकिङ प्रणालीको निक्षेप एकै दिन ३ अर्ब रुपैयाँले बढेको छ ।
वाणिज्य बैंकहरुको निक्षेप पनि ४ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । वैशाख १६ गतेका दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २८ अर्ब रहेको थियो ।
यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।
बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह वृद्धि भएको छ । वैशाख १६ गतेसम्म ५१ खर्ब ४ अर्ब रहेको कर्जा प्रवाह २ अर्बले बढेर वैशाख १७ गतेसम्म ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । सीडी रेसियो ८०.७८ प्रतिशतबाट घटेर ८०.७६ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि २.९७ प्रतिशतबाट घटेर २.६९ प्रतिशत कायम भएको छ ।