काठमाण्डौ । नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो हटाइएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ बजे खसेको पहिरो हटाएसँगै उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो।
निरन्तर वर्षाका कारण सडक क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई सतर्कतापूर्वक यात्रा गर्न आग्रह गरेको छ।
कार्यालयले वर्षाको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भावित जोखिमप्रति सचेत रहन समेत अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।