बुधबार, श्रावण २०,२०८३ 04:35:57
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 04:35:57
Bizshala
Global IME Bank Limited

पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा नलाग्न प्रदेश सांसदलाई राप्रपाको निर्देशन

पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा नलाग्न प्रदेश सांसदलाई राप्रपाको निर्देशन
New Office

 

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार गठनका लागि हुने सत्ता समीकरण र गणितीय चलखेलमा तत्काल सहभागी नहुने निर्णय गरेको छ।

बुधबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीको औपचारिक निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा संलग्न नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको हो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले प्रदेश सरकार निर्माणमा तत्काल कुनै सक्रिय भूमिका नखेल्ने नीति लिएको छ। प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलहरूले मिलेर गठन गर्नु उपयुक्त हुने राप्रपाको धारणा रहेको उनले बताए।

“प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून् भन्ने हाम्रो धारणा छ,” प्रवक्ता श्रेष्ठले भने।

प्रदेश सरकारका सम्बन्धमा कुनै निर्णय लिनुपर्ने परिस्थिति सिर्जना भए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा निर्णय गरिने राप्रपाले जनाएको छ।

बैठकले प्रदेश सरकारको विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको छ। अध्यक्ष लिङ्देनले राजनीतिक परिस्थिति र पार्टीको हितका आधारमा प्रदेश तहमा आवश्यक निर्देशन जारी गर्नेछन्।

राप्रपाले अध्यक्ष तथा पार्टी नेतृत्वबाट औपचारिक निर्देशन नआएसम्म सरकार गठन, समर्थन, विश्वासको मत वा अन्य सत्ता केन्द्रित गतिविधिमा सहभागी नहुन प्रदेश संसदीय दल र सांसदहरूलाई सचेत गराएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.