बिहीबार, श्रावण २१,२०८३ 03:37:48
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:37:48
Bizshala
Global IME Bank Limited

‘विश्वकै सबैभन्दा सुन्दर गाउँ’ पर्यटकको भीडले संकटमा, ट्राफिक जरिवानाबाट एक वर्षमै करिब १ करोड आम्दानी

‘विश्वकै सबैभन्दा सुन्दर गाउँ’ पर्यटकको भीडले संकटमा, ट्राफिक जरिवानाबाट एक वर्षमै करिब १ करोड आम्दानी
New Office

काठमाण्डौ । बेलायतको प्रसिद्ध बिबुरी गाउँमा अत्यधिक पर्यटकको आगमनले स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट गाउँले एक वर्षमै ४५ हजार ५७० पाउन्ड (करिब ५८ लाख नेपाली रुपैयाँ) बराबरको जरिवाना संकलन भएको छ।

इङ्ग्ल्यान्डको कोट्सवोल्ड्स क्षेत्रमा रहेको बिबुरीलाई फोर्ब्स पत्रिकाले सन् २०२५ मा ‘विश्वकै सबैभन्दा सुन्दर गाउँ’ घोषणा गरेपछि यहाँ पर्यटकको चाप उल्लेख्य रूपमा बढेको हो। करिब ६२७ जनसंख्या रहेको यो गाउँ १७औँ शताब्दीका बुनकरका घर र प्राकृतिक सौन्दर्यका कारण विश्वभर परिचित छ।

तर गाउँमा पर्याप्त पार्किङ सुविधा नहुँदा पर्यटकले सडक किनार, दोहोरो पहेँलो रेखा तथा स्थानीयका घरअगाडि सवारी पार्क गर्न थालेपछि समस्या झन् चर्किएको छ। यसले स्थानीय बासिन्दा र पर्यटकबीच विवादसमेत निम्त्याएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पार्किङ विवादकै क्रममा एक घटनामा एक स्थानीयको खुट्टामाथि गाडी चढाइएको थियो भने अर्का एक बासिन्दा घरअगाडिबाट गाडी हटाउन आग्रह गर्दा पर्यटकसँग झडपमा परेका थिए।

बढ्दो समस्या नियन्त्रण गर्न ग्लोस्टरशायर काउन्टी काउन्सिलले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन सुरु गरेको छ। सन् २०२५ मा मात्रै ६५१ वटा पार्किङ जरिवाना जारी गरिएको छ, जबकि सन् २०१९ मा यस्तो संख्या २८ मात्र थियो।

जरिवाना सूचना जारी भएको दुई साताभित्र रकम बुझाए ३५ पाउन्ड तिर्नुपर्ने व्यवस्था छ भने त्यसपछि ७० पाउन्ड लाग्नेछ।

यद्यपि, नियम कार्यान्वयनका लागि काउन्सिलले मासिक करिब ४ हजार पाउन्ड खर्च गर्नुपरेको र जरिवानाबाट उठेको रकमले त्यो खर्चसमेत नधान्ने जनाएको छ। त्यसैले अब गाउँमा ‘पे एन्ड डिस्प्ले’ पार्किङ प्रणाली लागू गर्ने तयारी गरिएको छ। प्रस्तावअनुसार मार्चदेखि अक्टोबरसम्म दुई घण्टाको पार्किङ शुल्क ७ पाउन्ड तोकिनेछ।

काउन्सिलले नयाँ पार्किङ व्यवस्थाबाट वार्षिक २ लाख १८ हजार ८८० पाउन्ड आम्दानी हुने र चार वर्षपछि नाफा ३ लाख ६० हजार ६८० पाउन्ड पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.