काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।
‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३’ बमोजिम अस्पतालहरूसँग आवश्यक समन्वय, उपचारसम्बन्धी सेवा सहजीकरण तथा सूचना आदान–प्रदान व्यवस्थित गर्न डा. जोशीलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
निःशुल्क उपचार सेवा, बिरामीको उपचार प्रक्रिया तथा अस्पतालसँगको समन्वयका लागि डा. जोशीलाई ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार यो व्यवस्थाबाट सेवा प्रवाहसँग सम्बन्धित सूचना आदान–प्रदान, उपचार व्यवस्थापन र अस्पतालहरूबीचको समन्वय एकीकृत रूपमा सञ्चालन हुनेछ।
यसले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमको कार्यान्वयनलाई थप प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।