आईतवार, कार्तिक १,२०८३ 10:03:33
  • आईतवार, कार्तिक १,२०८३ 10:03:33
Global IME Bank Limited

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

Bizshala
स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल
New Office

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ।

मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको छ। शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा पुल निर्माण तथा समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको हो।

भेटवार्तामा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण,पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताईन्।

महानगरपालिका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.